काठमाडौँ । वाणिज्य बैंकहरुमा शून्य दशमलव १४ देखि तीन दशमलव सात प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । बैंकहरु स्वयंले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा बढी निष्क्रिय कर्जा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा देखिएको छ भने सबैभन्दा कम निष्क्रिय कर्जा नेपाल एसबीआई बैंकमा देखिएको छ ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको तेस्रो त्रैमासिकमा राष्ट्रिय वाणिज्य बैंकमा तीन दशमलव सात प्रतिशत कर्जा निष्क्रिय देखिँदा नेपाल एसबीआई बैंकमा शून्य दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव ६२ प्रतिशत एवं शून्य दशमलव २३ प्रतिशत रहेको थियो ।
सेञ्चुरी कमर्सियल बैंक, नेपाल बंगलादेश बैंक र कृषि विकास बैंकमा भने निष्क्रिय कर्जाको अनुपात क्रमशः दुई दशमलव ९६, दुई दशमलव ३० र दुई दशमलव ३२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव ९६, एक दशमलव ९१ र तीन दशमलव शून्य आठ प्रतिशत रहेको थियो ।
चालू आवको तेस्रो त्रैमासिकमा नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बैंकमा भने निष्क्रिय कर्जाको अनुपात क्रमशः दुई दशमलव २० र दुई दशमलव शून्य छ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव ३२ र दुई दशमलव २९ प्रतिशत रहेको थियो । ग्लोबल आईएमई बैंक, सनराइज बैंक र सिटिजन्स बैंक इन्टरनेशनलमा भने चालू आवको तेस्रो त्रैमासिकमा क्रमशः एक दशमलव ४५ प्रतिशत, एक दशमलव ३७ प्रतिशत र एक दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने यी बैंकहरुको यस्तो कर्जा क्रमशः एक दशमलव ६१, एक दशमलव ९४ र एक दशमलव ८३ प्रतिशत रहेको थियो । चालू आवको तेस्रो त्रैमासिकमा बैंक अफ काठमाडौं, एनसीसी बैंक र नबिल बैंकमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ४५, एक दशमलव ५२ र एक दशमलव १४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव शून्य एक, दुई दशमलव शून्य पाँँच र शून्य दशमलव ४८ प्रतिशत रहेको थियो ।
एनएमबी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र लक्ष्मी बैंकमा भने निष्क्रिय कर्जाको अनुपात क्रमशःएक दशमलव ४६, एक दशमलव २१, एक दशमलव १२ र एक दशमलव शून्य आठ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशःएक दशमलव ९७, एक दशमलव ४८, शून्य दशमलव ८८ र शून्य दशमलव ७१ प्रतिशत रहेको थियो । चालू आवको तेस्रो त्रैमासिकमा कुमारी बैंक, हिमालयन बैंक, मेगा बैंक र प्राइम कमर्सियल बैंकमा भने निष्क्रिय कर्जाको अनुपात क्रमशः शून्य दशमलव ९६, शून्य दशमलव ९९, शून्य दशमलव ७२ र शून्य दशमलव ९४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव शून्य नौ, शून्य दशमलव ८१, एक दशमलव ३१ र शून्य दशमलव ८६ प्रतिशत रहेको थियो ।
स्ट्यान्डर्ड चार्टर्ड, सिभिल र माछापुच्छ्रे बैंकमा भने निष्क्रिय कर्जाको अनुपात क्रमशः शून्य दशमलव ३६, शून्य दशमलव ९९ र शून्य दशमलव ८७ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ५०, एक दशमलव १३ र शून्य दशमलव ५१ प्रतिशत रहेको थियो । एनआईसी एसिया बैंक, सानिमा बैंक र एभरेष्ट बैंकमा भने चालू आवको तेस्रो त्रैमासिकमा क्रमशः शून्य दशमलव ५१, शून्य दशमलव ३८ र शून्य दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ४७, शून्य दशमलव २१ र शून्यदशमलव १२ प्रतिशत रहेको थियो ।
