काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा बढेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड ८३ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १० करोड ४७ लाख २७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४१ करोड ४५ लाख १३ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा एक अर्ब ३६ करोड ६६ लाख ५७ हजार रूपैैंयाँ निक्षेप संकलन गरी चार अर्ब ७१ करोड ५२ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २५ करोड ४९ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ५९ लाख ७० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ६९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ८६ करोड १८ लाख ५० हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २८ करोड तीन लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ करोड २८ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ८४ लाख ४९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव शून्य दुई प्रतिशत रहेको थियो ।