काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल गढी भिउ एन्ड रिसोर्ट प्रालि, मकवानपुरबीच सम्झौता भएको छ । यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकहरूलाई होटेल गढी भिउ एन्ड रिसोर्टले जिपलाइनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ ।
मकवानपुरगढीमा रहेको यो ठाउँ पर्यटकीय स्थलको रूपमा फस्टाउँदै गएको छ । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने विश्वास फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरजकुमार सर्राफले जनाएका छन् । सो सम्झौतापत्रमा फाइनान्स कम्पनीकातर्फबाट हेटौंडा शाखा प्रमुख राजन शर्मा र होटेल गढी भिउ एन्ड रिसोर्टका तर्फबाट होटेलका अध्यक्ष दिलिप घिमिरेले हस्ताक्षर गरेका हुन् ।
फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत, र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आकर्षक ब्याजदरसहितका विभिन्न बचतखाताहरू समेत सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जानकारी दिएको छ ।