नयाँ दिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार तीन सय २४ व्यक्ति कोरोनाका थप संक्रमति भएपछि यहाँ कुल संक्रमतिको संख्या चार करोड ३० लाख ७९ हजार एक सय ८८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ ।
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस संक्रमणको पुनः नयाँ संक्रमितको संख्या तीन हजार नाघेको यो लगातार चौथो दिन हो । २४ घण्टाको समयावधी भएका यी नयाँ संक्रमित मध्ये एक हजार पाँच सय २० राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ ।
हाल राजधानीमा पाँच हजार सात सय १६ सक्रिय संक्रमित रहेका पनि थप जानकारी दिइएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४० जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख २३ हजार आठ सय ४३ पुगेको छ । रासस/सिन्ह्वा