नयाँ दिल्ली । कोरोना भाइरस विरुद्धको वुस्टर डोज खोप ६ देखि ९ महिनाको बीचमा लगाउन विज्ञहरूले सुझाव दिएका छन् । विश्वका धेरै ठाउँमा दोस्रो मात्राको खोप लगाएपछि खोप लगाउन छोडेको र कतिपय देशका बुस्टर जोड खोप पनि निकै थोरै मानिसले मात्रै लगाइएको पाइएकोले चिकित्सकहरूले यस तर्फ ध्यानाकर्षण गराएका हुन ।
टाटा इन्स्टिच्युड फर जेनेटिक्स एण्ड सोसाइटी व्याङलोरका निर्देशक डा राकेश मिश्रका अनुसार दोस्रो डोज लगाएको छदेखि नौ महिनाको बीचमा तेस्रो डोज लगाउनु उपयुक्त हुन्छ ।
बढीमा नौ महिना अगाडि नै बुस्टर जोड लगाइसक्नुपर्नेमा उनको जोड छ । उनले पाँच महिना अगाडि लगाउन आवश्यक नभएको पनि स्पष्ट पारे । दोस्रो डोज लगाएकाहरूले खोप लगाएको पाँच, छ महिनाभन्दा बढी समय भएको भए तत्काल उनीहरूलाई तेस्रो मात्रा लगाउने व्यवस्था सरकारले गर्नुपर्ने उनको भनाइ छ । बढीमा नौ महिना भित्रमा तेस्रो मात्राको खोप लगाएन भने कोरोनाको असर बढी पर्ने भएकाले अहिले नै सतर्क हुन उनले सुझाव दिए ।
भारतमा चाँडै कोरोना भाइरसको चौथो महामारी सुरु हुनसक्ने चेतावनी दिँदै उनले त्यसबाट लड्न सबैले तेस्रो मात्राको खोप लगाएर बस्नुपर्ने बताए । (रासस/एएनआई)