काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको. दोस्रो कारोबार दिन आज सोमबार बजार परिसुचक ४८ दशमलव ७३ बिन्दुले ओरालो लागेर २३ सय सात दशमलव ४४ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ४५ बिन्दुले ओरालो लागेर चार सय ४१ दशमलव ७९ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय २८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएको छ । जसबाट ३१ हजार चार सय चार पटकको कारोबारमा ३९ लाख ७८ हजार ७९ कित्ता सेयर खरिद बिक्री भएको छ । सोही खरिदको बिक्रीको आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ४२ करोड ३४ लाख ९८ हजार दुई सय ९२ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक रातै देखिएको छ ।