काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड पाँच लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड ९० लाख ७३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी सात करोड रुपैैैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ७८ करोड ५६ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ३० करोड ८१ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड नौ लाख एक हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव १८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ६६ करोड ५६ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८६ करोड ९७ लाख नौँ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड १६ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम रकम ८४ लाख ७७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६३ प्रतिशत रहेको थियो ।