काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २६ करोड ५९ लाख ६६ हजार छ सय ६४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १७ करोड ५३ लाख २३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा १८ अर्ब ८९ करोड ९९ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४४ करोड ७० लाख ९६ हजार छ सय ६४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव शून्य छ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ११ अर्ब ६५ करोड ८९ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३० करोड ८२ लाख ३८ हजार छ सय ११ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।