काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालू आथिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १८ करोड ४८ लाख १३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १५ करोड ३३ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब १० करोड ५४ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरी नौं अर्ब ९६ करोड ४६ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४७ करोड ८७ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १२ करोड ७० लाख २९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ५८ करोड २१ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ८० करोड ६८ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४० करोड ५६ लाख लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १४ करोड एक लाख ६५ हजार रुपैयाँ थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव २१ प्रतिशत रहेको थियो ।