काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशनमा ढिलाइ गरेका छन् । वित्तीय विवरण प्रकाशनसम्बन्धी नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार त्रैमासिक सकिएपछिको पहिलो महिनाको दोस्रो हप्तासम्ममा सकिएको त्रैमासिकमा वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने हुन्छ । तर लघुवित्त संस्थाहरुको हकमा भने यो समयसीमा व्यतित भइसक्दा पनि सञ्चालनमा रहेका ६७ वटामध्ये हालसम्म ३१ वटा लघुवित्त वित्तीय संस्थाहरुले मात्र चालू आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसअनुसार ३६ वटा लघुवित्त संस्थाहरुले वित्तीय विवरण सार्वजनिक गर्न बाँकी देखिएको छ ।
वित्तीय विवरण सार्वजनिक गर्ने संस्थाहरुमध्ये भने फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संंस्थाले चालू आवको तेस्रो त्रैमासिकमा १६ करोड ६१ लाख ३४ हजार सात सय तीन रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाले ११ करोड ३४ लाख ५० हजार नौ सय ७५ खुद मुनाफा कमाएको थियो । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पछिल्लो त्रैमासिकमा २० करोड ४८ लाख २८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त संस्थाले २१ करोड १५ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
आशा लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो अवधिमा १२ करोड १४ हजार छ सय १० रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाले १० करोड ६७ लाख ६४ हजार सात सय ९० रुपैयाँ खुद मुनाफा कमाएको थियो । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिकमा नौ करोड ९९ लाख १६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड ७७ लाख १३ हजार रुपैयाँ रहेको थियो ।
चालू आवको तेस्रो त्रैमासिकमा सिभिल लघुवित्त वित्तीय संस्थाले भने पाँच करोड २८ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार करोड ८१ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो अवधिमा ४७ करोड ८४ लाख छ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही संस्थाको यस्तो नाफा ४२ करोड ७२ लाख चार हजार रुपैयाँ रहेको थियो । कालिका लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिकमा ११ करोड १८ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा छ करोड ९७ हजार रुपैयाँ रहेको थियो । आरम्भ चौतारीले पनि पछिल्लो अवधिमा चार करोड ९२ लाख चार हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा सात करोड ८३ लाख ३६ हजार रुपैयाँ रहेको थियो । महुली लघुवित्त वित्तीय संस्थाले भने चालू आवको तेस्रो त्रैमासिकमा सात करोड ६३ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा छ करोड ६८ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।
समिट लघुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा ११ करोड ७४ लाख १६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १० करोड एक लाख ८६ हजार रुपैयाँ रहेको थियो । साधना लघुवित्तले पनि चालू आवको पछिल्लो अवधिमा नौ करोड २२ लाख पाँच हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा सात करोड ५८ लाख १८ हजार रुपैयाँ रहेको थियो । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिकमा २६ करोड ५९ लाख ६६ हजार छ सय ६४ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाले १७ करोड ५३ लाख २३ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । इन्फिनिटी लघुवित्तले पनि पछिल्लो अवधिमा ११ करोड ८३ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १० करोड ४७ लाख २७ हजार रुपैयाँ रहेको थियो ।
मेरो माइक्रोफाइनान्सले चालू आवको तेस्रो त्रैमासिकमा ३४ करोड १५ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा मेरोको यस्तो नाफा २९ करोड ६५ लाख नौ हजार रुपैयाँ रहेको थियो । विजय लघुवित्त वित्तीय संस्थाले पछिल्लो अवधिमा नौ करोड ५१ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १० करोड ६८ लाख ४० हजार रुपैयाँ रहेको थियो । राष्ट्र उत्थान लघुवित्तले पछिल्लो अवधिमा पाँच करोड ५५ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड २६ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो अवधिमा १७ करोड ४९ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १४ करोड ७५ लाख दुई हजार रुपैयाँ रहेको थियो । जनउत्थान लघुवित्त वित्तीय संस्थाले पनि पछिल्लो अवधिमा पाँच करोड २९ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ५१ लाख ६० हजार रुपैयाँ रहेको थियो । यसैगरी नेरुडे र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको तेस्रो त्रैमासिकमा क्रमशः १८ करोड ४८ लाख १३ हजार र तीन करोड ३१ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी संस्थाहरुको यस्तो नाफा क्रमशः १५ करोड ३३ लाख ३९ हजार र तीन करोड ९५ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी सृजनशील लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको तेस्रो त्रैमासिकमा चार करोड पाँच लाख १४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार करोड ९० लाख ७३ हजार रुपैयाँ रहेको थियो । गुराँस लघुवित्त र आँधिखोला लघुवित्तले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा क्रमशः एक करोड ६५ लाख २१ हजार र तीन करोड ४८ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यी संस्थाहरुको यस्तो नाफा क्रमशः तीन करोड १७ लाख २६ हजार र दुई करोड ९० लाख ५९ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी मानुषी लघुवित्त वित्तीय संस्था र समता लघुवित्त वित्तीय संस्थाले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा क्रमशः एक करोड ८६ लाख ५० हजार र पाँच करोड ३६ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा भने यी संस्थाहरुको यस्तो नाफा क्रमशः एक करोड १९ लाख ६४ हजार र छ करोड ६० लाख आठ हजार रुपैयाँ रहेको थियो । आदर्श, एनएमबी, गणपती र अभियान लघुवित्त वित्तीय संस्थाले भने चालू आवको तेस्रो त्रैमासिकमा क्रमशः २१ लाख ८६ हजार, १० करोड ५३ लाख ९२ हजार, एक करोड ३१ लाख ५१ हजार र एक करोड ११ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी संस्थाहरुको यस्तो नाफा क्रमशः १५ लाख ८२ हजार, १२ करोड ६५ लाख ९७ हजार, दुई करोड ५४ लाख ६४ हजार र एक करोड दुई लाख सात हजार रुपैैयाँ रहेको थियो ।