काठमाडौं । अर्बन फूडले काठमाडौंको थापाथलीस्थित ब्लू स्टार कम्प्लेक्समा रिटेल आउटलेट ‘अर्बन मार्ट’ सुरु गरेको छ। सन् २०१२ देखि सुरु भएको कम्पनीले पहिलो रिटेल आउटलेट खोलेको हो ।
अर्बन फुड काठमाडौंमा रहेको एक मासु प्रशोधन गर्ने कम्पनी हो । यसले ग्राहकहरुलाई ससेज, सलामी, बेकन, ह्याम, मःम, कोल्ड कट्स, मीट पार्टस, क्यान्ड फुड, कफी बिन्सलगायत उत्पादनहरु प्रदान गर्दै आएको छ ।
अर्बन फूडका गुणस्तरीय उत्पादनहरुले एक दशकदेखि ग्राहकहरुको मन जित्दै आएको कम्पनीको दाबी छ । ती उत्पादन भाटभटेनी, बिग मार्ट, सेल्सबेरी र नेपालभरका अन्य डिपार्टमेन्ट स्टोरहरु जस्ता प्रमुख खुद्रा विक्रेता पसलहरुमा सहज रुपमा उपलब्ध रहेको अर्बन फुडले जनाएको छ ।
अर्बन फुडका प्रमुख कार्यकारी अधिकृत आयुष राजभण्डारीले पहिलो आउटलेट उदघाटनको दिन प्रशोधित उत्पादनहरुमा ३० प्रतिशत छुट दिएको जानकारी दिए । राजभण्डारीले १३ मेसम्म २५ प्रतिशतसम्म छुट रहेको बताए । उनले आफनो उत्पादनहरु ग्राहकले रुचाउँदै जाने बताएका छन् ।