काठमाडौं । एनएमबी बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता गरी अब एनएमबी बैंकको ग्राहकहरूले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौं उपत्यका खानेपानीको महशुल विनाकुनै झन्झट तिर्नसक्ने व्यवस्था मिलाएको छ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबी बैंकले दिफिनान्सियल टाइम्स, लण्डनको द ब्यान्कर त्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेको छ ।
बैंकले हाल देशभरि दुई सय एक शाखा, एक सय ३८ वटा एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।