काठमाडौं । यस साता सेयर बजार परिसूचक दुई हजार दुई सय ३८ दशमलव ६२ विन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ३२ दशमलव ५५ विन्दुुमा पुुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुुई सय ३३ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् ।
जसअनुुसार ९३ हजार दुई सय २६ पटकको कारोबारमा एक करोड २२ लाख ५५ हजार आठ सय ६७ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम चार अर्ब ३४ करोड ७२ लाख ७९ हजार एक सय ८६ रुपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै आधाले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय ३९ वटा कम्पनीहरूको सेयर कारोबार भएका थियो । जसअनुुसार एक लाख ६७ हजार सात सय ९८ पटकको कारोबारमा दुई करोड २५ लाख ६६ हजार ६० सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम आठ अर्ब २० करोड ५७ लाख ८२ हजार ३६ रुपैयाँ पुुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष तीन कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो र तेस्रो दिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो भने खुलेको तीन कार्यदिन पनि सेयर बजार परिसूचक लगातार ओरालो लागेको थियो ।
जसअनुसार पहिलो दिन सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबारकक्ष बन्द रहेको थियो । दोस्रो दिन भने बजार परिसूचक ४८ दशमलव ७३ अंकले ओरालो लागेर दुुई हजार तीन सय सात दशमलव ४४ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ४५ अंंकले ओरालो लागेर चार सय ४१ दशमलव ७९ विन्दुमा झरेको थियो । तेस्रो कारोबार पुनः सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो भने चौथौ कारोबार दिन भने बजार परिसूचक ३१ दशमलव ७६ अंकले ओरालो लागेर दुुई हजार दुई सय ७५ दशमलव ६८ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव नौ अंंकले ओरालो लागेर चार सय ३६ दशमलव ८८ विन्दुमा झरेको थियो ।
पाँचौँ कारोबार दिन पनि बजार परिसूचक ३७ दशमलव छ अंकले ओरालो लागेर दुुई हजार दुई सय ३८ दशमलव ६२ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३४ अंंकले ओरालो लागेर चार सय ३२ दशमलव ५५ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।