काबुल । अफगानिस्तानमा दुई करोड ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक परेको देखिएको छ । मानवीय सहायता आवश्यकता पर्नेहरूको संख्या अघिल्लो वर्षभन्दा धेरै भएको अधिकारीहरूले बताएका छन् ।
अघिल्लो वर्ष सन् २०२१ मा एक करोड ८० लाखभन्दा बढीलाई मानवीय सहायता आवश्यक पर्ने तथ्यांक सार्वजनिक गरिएको थियो । हालै सार्वजनिक गरिएको एक प्रतिवेदनका अनुसार तत्कालीन तालिवान विद्रोहीले सत्ता हातमा लिएपछि मानवीय सहायता आवश्यक पर्नेहरूको संख्या बढेको देखिएको हो ।
तालिवान सरकार बनेपछि कतिपय अन्तर्राष्ट्रिय क्षेत्रबाट आउने गरेको सहयोग रोकिएकाले पनि अभाव बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अफगानिस्तानमा ७० प्रतिशतलाई आधारभूत आवश्यकता पूरा गर्न पनि गाह्रो हुने गरेको अध्ययनले देखाएको छ ।
अमेरिकी एक संस्थाले गरेको अध्ययनको प्रतिवेदन संसदमा पेस पनि गरिएको छ । विश्वमै धेरै मानवीय सहायता आवश्यक पर्ने मुलुकमध्ये अहिले अफगानिस्तान पनि एक हो ।