काठमाडौं । स्मार्टफोन कम्पनी वानप्लसले फाइभजी फोन नर्ड २टी नेपालमा सार्वजनिक गरेको छ । मिडिया टेक डाइमन्सिटीको पावर्ड रहेको फोनमा १३०० सिस्टम अन चिप, आठ र १२ जीबी एलपीडीडीआर४एक्स -याम र १२८ र २५६ जीबी अनबोर्ड स्टोरेज रहेको कम्पनीले जनाएको छ ।
कम्पनीको अनुसार यो स्मार्टफोनमा ४५०० एमएएच ब्याट्री, ८० वाटको सुपरभोक फास्ट चार्जिङ प्रविधि रहेको छ । वानप्लसले ग्राहकलाई फास्ट चार्जिङ अड्याप्टर र केबल समेत उपलब्ध गराउँछ ।यो फोनमा ६.४३ इन्च फ्लुइड अमोल्ड स्क्रिन छ भने ९० हर्जको रिफ्रेस रेट रहेको छ । यसका अतिरिक्त फोनमा पछाडि ५० मेगापिक्सेलको प्राइमरी सेन्सर ट्रिपल क्यामरा, आठ एमपीको अल्ट्रा वाइड, दुई एमपीको मोनोक्रोम सेन्सर रहेको छ । फोनमा अगाडि ३२ मेगापिक्सेलको क्यामरा सेन्सर रहेको छ । साथै यसमा डुअल ब्यान्ड वाइफाइ, एलडीएसी र एलएचडीसी कोडेक्सको सपोर्टका लागि ब्लुटुथ ५.२ रहेको छ । यो फोन दराजमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । आठ जीबी/१२८ जीबी र १२ जीबी/२५६ जीबी जेड फग र ग्रे स्याडो रंगमा उपलब्ध छ ।
यी फोनको मुल्य नेपालमा ६४ हजार नौ सय ९९ रुपैयाँ र ७४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यी फोनमा कम्पनीले एक वर्षभित्र स्क्रिन टुटफुट भए आधिकारिक माध्यमबाट कभर गर्ने कम्पनीले जनाएको छ ।