वासिङटन । बलियो अर्थतन्त्र भएका विश्वका सात राष्ट्रको समूह जी७ ले रुसी कच्चा तेल आयात रोक्ने प्रतिबद्धता जनाएका छन् । युक्रेनमाथिको आक्रमणलाई लिएर यी देशले तेल आयात रोक्नलागेको बताएका हुन् ।
उनीहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पनि चर्को आलोचना गरेका छन् । जी७ मा फ्रान्स, क्यानडा, जर्मनी, इटली, जापान, बेलायत र संयुक्त राज्य अमेरिका रहेका छन् । यी सबै देश रुसी ऊर्जा उपभोगबाट अलग्गिन चाहेका छन् । पश्चिमा देशहरुले युक्रेनमाथि रुसले आक्रमण थालेपछि पुटिनविरुद्ध बलियो मोर्चाबन्दी गर्दै आएका छन् ।
यी देशले रुसको अर्थतन्त्रलाई धक्का दिन अनेक प्रतिबन्ध लगाइसकेका छन् । यी देशहरुले संयुक्त वक्तव्य निकाल्दै रुसप्रतिको ऊर्जा निर्भरता घटाई वैकल्पिक आपूर्ति खोज्ने सहमति भएको उल्लेख गरेका छन् । यसले रुसलाई भने अहिलेसम्मकै ठूलो धक्का दिने आकलन छ । यो वर्ष जी७ को यो तेस्रो बैठक हो ।