काठमाडौं । सेयरबजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से बुधबार ५६.०६ अंकले र सेन्सिटिभ सूचक पनि ९.५२ अंकले बढेको छ । नेप्से उक्त अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको छ । बुधबार सेयरबजारमा २२९ कम्पनीको कारोबार भएकामा ५३ लाख कित्ता सेयर बिक्री भएको छ ।
नेप्सेका अनुसार दिनभरिमा ३७ हजार सात सय ७० पटकको खरिदबिक्रीमा २ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार १३ वटै उपसूचक हरियो छन् । बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र विकास बैंकको सूचक उच्च अंकले बढेको छ । बुधबार बैंकिङ समूहको सूचक २३.३७, व्यापारको २१.१५, होटल तथा पर्यटन ५२.७९, विकास बैंक १५०.७३, जलविद्युत् १३०.३४, फाइनान्स ७४.२, निर्जीवन बीमा २४३.७४, उत्पादन ७०.०२, अन्य ३७.१८, माइक्रोफाइनान्स १५३.८९, जीवन बीमा २१७.१७, सामूहिक लगानी कोष ०.१३ र लगानी समूहको सूचक २.२७ अंकले बढेको छ । योसँगै एक सय ९२ वटा कम्पनीको सेयर बढ्दा दुईवटाको घटेको र एउटाको उही मूल्यमा कायम रहेको नेप्सेले जनाएको छ ।
बुधबार १३ वटा कम्पनीको सेयर १० प्रतिशत वा सोही हाराहारीले बढेको छ । नेशनल हाइड्रो, नेपाल फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, राधी विद्युत् र युनिभर्सल पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । त्यस्तै, जाल्पा सामुदायिक लघुवित्त, गणपति लघुवित्त, युनियन हाइड्रोपावर, वरुण हाइड्रोपावर र फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै कमाएका छन् ।
त्यस्तै गुमाउने लगानीकर्ताले अधिकतम १.६३ प्रतिशतसम्म मात्र गुमाएका छन् । सानिमा डिबेन्चर, सानिमा इक्विटी फन्ड, लक्ष्मी उन्नति कोष, नेस्डो समृद्ध लघुवित्त, सिद्धार्थ इक्विटी फन्ड, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
सर्वाधिक कारोबारमा बुधबार अरुणभ्याली हाइड्रो अगाडि रहेको छ । कम्पनीको १० करोडको कारोबार भएको हो । यसबाहेक ङादी पावर, राधी जलविद्युत्, शिवम् सिमेन्ट, नेशनल हाइड्रोपावर कम्पनीको क्रमशः आठ करोड ७३ लाख, सात करोड ६२ लाख, छ करोड ७५ लाख र पाँच करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको हो ।