काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले असार मसान्तसम्म नयाँ डिम्याट खाता रजिष्ट्रेसन, पहिलो वर्षको नवीकरण शुल्कमा लाग्ने रकम निःशुल्क गरेको छ । ग्राहकहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी अर्को सूचना नगरेसम्मका लागि उक्त समयसम्मको लागि निःशुल्क गरिएको जनाएको हो ।
मेरो सेयर खाता खोल्दा लाग्ने शुल्क ५० रुपैयाँ भने कम्पनीले लिने जनाएको छ । त्यसैगरी पीएमएस÷कर्पोरेट एड्भाईजरी सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए । कर्पोरेट एड्भाइजरी सेवामा २०७९ असार मसान्तसम्म नयाँ कारोबार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ । कम्पनीले विगत १३ वर्षदेखि प्राथमिक सेयर निष्काशन, निक्षेप सदस्य, लगानी व्यवस्थापनको कार्य, सेयर प्रत्याभूति र संस्थागत परामर्श सेवालगायत पुँजीबजारसम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
यस्तै कम्पनीले निकट भविष्यमा नै सामूहिक लागानी कोष (म्युचअल फण्ड) सुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृत ढुङ्गेलले बताए । यस संस्थाले दिइरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, सेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापको कार्यको सुझाव, आईपीओ परामर्शलगायतका सेवाहरु सिभिल बैंक लि.को सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने बताइएको छ ।
यस्तै संस्थाले सन्ध्याकालीन सेवाको समेत सञ्चालन गरिरहेको छ । यस्तै कम्पनीले ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्दै आगामी जेठ १ गते आइतबारबाट सार्वजनिक विदाका दिनहरुमा (शनिबारबाहेक) बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म संस्थाको सम्पूर्ण सेवाहरु सुचारु हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए ।