काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले एक हजार रुपैयाँ अंकित दरको १० लाख कित्ताले हुन आउने १ अर्ब रकम बराबरको ‘११ प्रतिशत एल.बि.बि.एल डिबेञ्चर २०८९’ ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको र ब्याजदर ११ प्रतिशत प्रतिशत रहेको छ ।
उक्त सम्झौतामा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले बुधबार हस्ताक्षर गरेका हुन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्वीकृतिपश्चात् निष्काशन गरिने बताइएको छ । काठमाडौें, डिल्लिबजारस्थित मुख्य कार्यालय रहेका लुम्बिनी विकास बैंकले देशका सातवटै प्रदेशमा ८३ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ ।