अमेरिका । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलोन मस्कले सोसल मिडिया प्लेटफर्म ट्विटर किन्नेबारे हुन गइरहेको सम्झौता यसमा नक्कली खाताहरूको गणनाको कारण रोकिएको बताएका छन् ।
मिडिया रिपोर्टका अनुसार ट्विटरको सेयर प्रारम्भिक व्यापारमा २० प्रतिशतले घटेको छ । मस्कले यस हप्ताको सुरुमा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतिबन्ध लगाउने ट्विटरको निर्णय गल्ती भएको बताएका थिए । यदि उनको सोसल मिडिया कम्पनीको अधिग्रहण सफल भयो भने यसलाई उल्ट्याउने बताएका थिए ।
हालै ४४ अर्ब अमेरिकी डलरको सम्झौतामा मस्कले ट्विटर अधिग्रहण गर्ने सहमति भएको छ । यद्यपि यो अझै पनि सेयरकर्ताहरूको स्वीकृतिको अधीनमा छ ।