काठमाडौं । वीन लघुवित्त वित्तीय संस्थाको सेयर दाखिला तथा खारेजी बन्द हुने भएको छ । संस्थाको यही वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको सातौँ वार्षिक साधारण यही जेठ २० गते शुक्रबार बस्ने निर्णय गरेको छ । सोहीअनुरूप वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाको यही जेठ ३ गतेदेखि यही जेठ २० गतेसम्मको लागि सेयर दाखिला एवं खारेजी बन्द हुन लागेको हो ।