सोल, फागुन ५
संयुक्त राज्य अमेरिकासँग दक्षिण कोरियाको सामान व्यापार बचत सन् २०१९ मा १५ प्रतिशतले वृद्धि भएको आइतबार सार्वजनिक अमेरिकी तथ्यांकले देखाएको छ । अमेरिकी तथ्यांक विभागले जारी गरेको जानकारीअनुसार विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रले सन् २०१७ मा दक्षिण कोरियासँग १७.८ अर्ब अमेरिकी डलर बराबरको व्यापारघाटा व्यहोरेको थियो भने सन् २०१८ मा अमेरिकाको दक्षिण कोरियासँगको व्यापारघाटा २०.६ अर्ब अमेरिकी डलर थियो ।
अमेरिकाको दक्षिण कोरियासँगको वस्तु व्यापारघाटा १४औँ स्थानमा रहेको वासिङटनले जनाएको छ यद्यपि घाटा प्रतिशतमा भने सन् २०१९ मा १५ प्रतिशतको सुधार देखिएको छ । अमेरिकाबाट सन् २०१८ मा दक्षिण कोरिया ५६ अर्ब ९० करोडको आयात भएको थियो । यो अघिल्लो वर्षको तुलनामा ०.७ प्रतिशतले बढी हो ।
दक्षिण कोरियाबाट अमेरिका निर्यात भएको सामान कुल ७७ अर्ब ५० करोड अमेरिकी डलर रहेको र यो ४.४ प्रतिशतको वृद्धि हो । विज्ञहरूका अनुसार गत वर्ष दक्षिण कोरियाको अमेरिकासँगको व्यापारघाटा बढेपछि सियोलले आफ्नो सवारी साधन, इलेक्ट्रोनिक्स र पेट्रोलियम पदार्थजस्ता प्रमुख निर्यात वस्तुहरूको ढुवानीमा तीव्र वृद्धि भएको छ ।
तथ्यांकअनुसार सन् २०१८ मा दक्षिण कोरिया अमेरिकाको छैठौँ ठूलो सामान निर्यात बजारका रूपमा रहेकोमा यस वर्ष सातौँ ठूलो निर्यात बजार बनेको अमेरिकी अधिकारीले बताएका छन् । कोरियाली विश्लेषकका अनुसार डोनाल्ड ट्रम्प प्रशासनले व्यापार घाटा घटाउने कुरामा ध्यान केन्द्रित गरिरहेको र एसियाको चौथो ठूलो अर्थतन्त्रसँग बढ्दो व्यापारघाटा दक्षिण कोरियाको लागि शुभ नहुनसक्ने बताइएको छ ।
व्यापार विस्तार ऐनको धारा २३२ परिभाषित गरे अनुसार राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकी अधिकारीले अमेरिका निर्यात हुने सामानमा २५ प्रतिशत कर वृद्धि गर्ने योजनाबारे सोचिरहेका छन् । अमेरिकी राजनीतिबारे जानकार कतिपय अर्थविदले भने दक्षिण कोरियालाई अमेरिकाको कर छुट दिने बताएका छन् । उनीहरूको विचारमा दक्षिण कोरियाले गत वर्ष वासिङटनको अनुरोधमा अमेरिकासँगको स्वतन्त्र व्यापार सम्झौतालाई संशोधित गरेको छ ।