काठमाडौं । मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरू भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेट फर्म सुरु गरेको छ । बीमा सल्लाहकारहरूको छनौट तथा भर्नाका लागि ल्याइएको यस अभिनव डिजिटल सोलुसनको अनावरण मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य वरिष्ठ अधिकारीहरूसँग कम्पनीको मुख्य कार्यालय काठमाडौंमा गरेका थिए ।
मार्समा इच्छुक बीमा अभिकर्ताहरूले अनलाइन नयाँ खाता खोली, आवश्यक कागजातहरू अपलोड गरेर आफ्नो प्रोफाइल बनाउन सक्नुका साथै आफूलाई चाहिने अनिवार्य तालिम प्रशिक्षणहरू लिन र इजाजतपत्रहरूका लागि पनि अनलाइन नै आवेदन दिन सक्छन् । यसका अतिरिक्त उम्मेदवारहरूले मार्समा उपलब्ध भएका एजेन्सी प्रबन्धकहरूको प्रोफाइल आफैँ विश्लेषण गरी आफूलाई मन परेको प्रबन्धक छनोट गर्न सक्छन् जसले गर्दा उनीहरूलाई आफूले इच्छाएको प्रबन्धकहरूसँग काम गर्न र सो प्रबन्धकको निर्देशनमा आफूले अभिकर्ताको रूपमा व्यापक यात्रा अनुभवको अवसर पनि प्राप्त गर्न सक्छन् ।
कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठका अनुसार, ‘यस अनलाइन सोलुसनले नेपालका विभिन्न स्थानहरूबाट कम्पनीलाई नयाँ अभिकताहरू भर्ना गराउन सक्षम पारी देशभरका धेरै ग्राहकहरूमाझ मेटलाइफलको बीमा सुरक्षाका फाइदाहरू पु-याउन मदत गर्नेछ ।’ साथै उनले यस डिजिटल पोर्टलले कम्पनीका सबै सरोकारवालाहरूलाई मेटलाइफसँग काम गर्न अझ सजिलो र सुविधाजनक बनाउन नयाँ डिजिटल प्लेटफर्महरू प्रस्तुत गर्ने आफ्नो प्रतिबद्धतालाई मजबुत बनाएको बताएका छन् ।
मार्स मेटलाइफ नेपालको डिजिटल बिक्रीमा पहिलेदेखि नै प्रयोगमा रहेका काइट (किप इन् टच एभर), डीएपी (डिस्ट्रिब्युसन एडभान्टेज प्लेटफर्म) तथा एलएमएस (लिड्स म्यानेजमेन्ट सिस्टम)हरूमा थपिएको हो । यस कागजविहीन सोलुसनले कम्पनीलाई बीमा वितरण प्रतिनिधिहरूको अझ छिटो तथा कुशल भर्ना गराउन सक्षम गर्नेछ ।
मेटलाइफ नेपालका बारेमा : मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ ।
मेटलाइफको बारेमा : मेटलाइफ इन्क आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनीका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरूलाई अघि सहजरूपमा अघि बढ्न विभिन्न बीमा योजनाहरू, वार्षिक योजनाहरू, कर्मचारी लाभ योजनाहरू तथा सम्पत्ति व्यवस्थापन योजनाहरू प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरूमध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी बजारहरूमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिय, युरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ ।