नयाँ दिल्ली । विश्वका धेरै देशमा फैलिएको मंकीपक्सका संक्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दाबी गरिएको छ । एएनआईका अनुसार भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिएपनि भारतमा भने अहिलेसम्म मंकीपक्सबाट कोही संक्रमित भएको पुष्टि नभएको दावी गरेका हुन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले समेत मंकीपक्सका बारेमा उच्च सतर्कता अपनाउन सबै देशहरूलाई आग्रह गर्दै आएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार मंकीपक्स भारतमा भित्रिन नदिनका लागि सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । सरकारले मंकीपक्सको संक्रमण व्यवस्थापन निर्देशिका तयार पारिसकेको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, ‘भारतमा अहिलेसम्म मंकीपक्सबाट संक्रमित कोही भेटिएका छैनन् ।’