काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ९२ लाख २१ हजार तीन सय ९५ रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने बैंंकको यस्तो नाफा एक करोड चार लाख ३९ हजार दुई सय ७० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा चार अर्ब ३९ करोड ७२ लाख ६८ हजार ७४ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २९ करोड ९१ लाख ३५ हजार एक सय १० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ६० लाख नौ हजार छ सय १९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंंकमा तीन दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले चार अर्ब ४५ करोड १७ लाख ३९ हजार चार सय ११ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब एक करोड ९३ लाख ४८ हजार नौ सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ६३ लाख आठ हजार तीन सय ७१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।