काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि ‘ग्रीन पिन’ ल्याएको छ । बैंकका अनुसार ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरूले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको एटीएममा गएर पिन परिवर्तन गर्नुपर्नेछ ।
ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङलाई अझ सहज, सुरक्षित र सुविधाजनक बनाउनु हो ।सानिमा बैंकको देशको सातै प्रदेशमा एक सय २६ वटा शाखा कार्यालय तथा एक सय १७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।