काठमाडौं, फागुन ७
आईसीएफसी फाइनान्सले ऋणपत्र जारी गर्नेभएको छ । फाइनान्सले अंकित मूल्य एक हजार रूपैयाँ अंकित मूल्य कायम रहने गरी दुई लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । वार्षिक १२ प्रतिशत ब्याजदर कायम रहनेगरी आईसीएफसी फाइनान्स डिबेञ्चर २०८३ जारी गर्न लागेको जानकारी फाइनान्सले दिएको छ । खरीदकर्ताहरूले न्यूनतम एक २५ देखि अधिकतम ७६ हजार कित्तासम्मको ऋणपत्र खरीदको लागि आवेदन दिन सक्नेछन् ।
अधिकृत पुँजी दुुई अर्ब, जारी पुँजी ८८ करोड २१ लाख ७२ हजार चार सय तथा चुक्तापुँजी ८८ करोड २१ लाख ७२ हजार चार सय रूपैयाँ पुुगेको फाइनान्सले जारी गर्ने ऋणपत्रको बिक्री प्रबन्धकको रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । फाइनान्सका अनुसार यही फागुुन १३ गतेबाट खुला हुने ऋणपत्रको बिक्रीकार्य छिटोमा फागुुन १६ गते एवं ढिलोमा फागुुन २७ गते बन्द हुुनेछ ।