काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना साझेदार ऋणी लघुवित्त, सहकारीसंस्थाका शाखाप्रमुखसँगको एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लघुवित्त तथा सहकारी संस्थाको शाखा, सेवा केन्द्रमा रहेर कर्जा लगानी तथा असुलीको कार्य गरिरहेका शाखा, सेवा केन्द्रप्रमुखहरूको अनुभव एक आपसमा आदान प्रदान गराउने उद्देश्यका साथ उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
यहि जेठ २५ गते बाँकेको नेपालगञ्मा सम्पन्न उक्त कार्यक्रममा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशअन्तर्गतका लघुवित्त, सहकारी संस्थाका २८ जना शाखा, सेवा केन्द्र प्रमुखहरूको सहभागिता रहेको संस्थाले जानकारी दिएको छ ।