काठमाडौं । मन मिल्ने व्यापारिक घरानालाई फाइदा पुग्ने गरी बजेट ल्याएपछि प्राप्त एउटा गाडी अर्थमन्त्री जनार्दन शर्माले आफ्नो ज्वाइँलाई उपहार दिलाएका छन् । व्यापारिक घरानाले अर्थमन्त्री शर्मालाई ‘सानो’ उपहारको रुपमा दिएको गाडी अर्थमन्त्री शर्माले आफ्ना एक जना ज्वाइँलाई प्रदान गरेका हुन् । व्यापारीको स्वार्थअनुसारको बजेट ल्याएपछि उपहारमा प्र्राप्त उक्त गाडी ६० लाख मूल्यबराबरको छ ।