काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज पाँचको पञ्च’ नामक ग्राहक योजनाको विजेता घोषणा गरेको छ ।
कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि उक्त ग्राहक योजना सञ्चालन गरेको थियो । सोही योजनाको गत शुक्रबार बम्पर पुरस्कार विजेता घोषणा गरिएको थियो । बम्पर पुरस्कारबापत १० लाख नगद पुरस्कार उर्लाबारीकी तुलसा देवी अधिकारीले जितेकी छिन् ।
उनले उर्लाबारी स्थित गणेश ट्रेडलिंकबाट मोटरसाइकल खरिद गरेकी थिइन् । यस योजनाअन्तर्गत बजाजकोे बाइक खरिद गर्दा एकै जनाले पाँच पटकसम्म पनि पुरस्कार जित्न सक्ने व्यवस्था गरिएको थियो ।