काठमाडौं । विश्व रक्तदान दिवस तथा विश्व ओलम्पिक दिवसको अवसर पारेर स्वर्गीय राम्जी प्रसाद बज्राचार्यको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
पाटन उद्योग वाणिज्य महासंघ, पाटन रक्तदान संघ, बटु भैरव क्योकुशिन कराँते डोलगायतको आयोजना गरिएको रक्तदान कार्यक्रममा विभिन्न डोजोका गुरु तथा खेलाडीहरु, विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम अगाडि बज्राचार्यको सम्झनामा प्रभातफेरी कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
पाटन लगनखेलबाट पैदल यात्रा गरी मंगलबजारसम्म प्रभातफेरी गरिएको हो । साथै आगामी साउन महिनादेखि राम्जी प्रसाद बज्राचार्य स्मृति प्रतिष्ठानले हेल्थ क्याम्पसमेत आयोजना गर्ने प्रतिष्ठानकी अध्यक्ष तारा बज्राचार्यले जानकारी दिइन् ।