काठमाडौं । इन्टरनेशनल डे अफ फेमिलि रेमिट्यान्सको अवसरमा आईएमईले सेवाग्राहीमैत्री ‘जोड्दै छ नाता’ अफर सार्वजनिक गरेको छ ।
अफर अनुसार इन्टरनेशनल डे अफ फेमिली रेमिट्यान्सलाई लक्षित गरी आईएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच जना भाग्यशाली सेवाग्राहीहरुलाई प्रतिव्यक्ति २२ हजार रुपैयाँ (करबाहेक) उपलब्ध गराउनेछ । यो अफर इन्टरनेशनल डे अफ फेमिली रेमिट्यान्सका रुपमा मनाइने १६ जुन २०२२ एक दिनका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।
संयुक्त राष्ट्रसंघले विदेशमा श्रम गर्न जाने करोडौँ नागरिकहरूले रेमिट्यान्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मानस्वरूप यो दिनलाई विशेष दिनको मनाइँदै आइएको हो । विकासोन्मुख देशहरूका लागि रेमिट्यान्स जीवन निर्वाहको मुख्य स्रोत हो । यसरी व्यक्तिले प्राप्त गर्ने रेमिटेन्स देशको अर्थतन्त्रका लागि महत्वपूर्ण मानिन्छ ।