काठमाडौं । हिम इलेक्ट्रोनिक्सले नयाँ वर्षको आगमनसँगै सञ्चालन गरिएकोे ‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ नामक वितरक उपहार योजनाका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ ।
उक्त योजनाअन्तर्गत तीन वितरकहरु भरत ट्रेड प्रालि, सन मोबाइल स्टोर र जय माँ अम्बे मोबाइल स्टोरलाई किया सोनेट कार साथै १० जना विजेताहरुलाई बजाज २२० एफ एबीएस बाइक पुरस्कार वितरण गरिएको हो । यस योजनाअन्तर्गत ५० जनालाई दुबई भ्रमणका साथै अन्यलाई नगद भाउचरहरु पनि प्रदान गरिएका छन् ।
सो योजना २०२२ को अप्रिलदेखि मे महिनासम्म सञ्चालन गरिएको थियो, जसमा देशभर छरिएका सम्पूर्ण वितरकहरुलाई सहभागी गराइएको थियो । योजनाका विभिन्न पुरस्कार विजेताहरुलाई ज्ञानेश्वरस्थित एटिक रेष्टुराँमा आयोजित एक कार्यक्रममा पुरस्कारहरु वितरण गरिएको थियो ।