काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन २९ अंकले ओरालो लागेको सेयर बजार परिसुचक आज बिहिबार भने १२ दशमलव ५७ अंकले उकालो लागेर १९ सय ७८ दशमलव ९४ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९३ अंकले उकालो लागेर तीन सय ८१ दशमलव ८३ बिन्दुमा चढेको छ ।
आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २१ वटा कम्पनीहरुको २५ हजार पाँच ८५ पटकको कारोबारमा ३५ लाख ९४ हजार पाँच सय ९४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकमक एक अर्ब १८ करोड ७१ लाख ४५ हजार पाँच सय १९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये दुई वटा उपसमुहको सुचक ओरालो लागेका छन भने ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन ।