काठमाडौं । यस साता सेयरबजार परिसूचक एक हजार नौ सय ७१ दशमलव ३८ विन्दुमा कायम रहेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८१ दशमलव ६९ विन्दुमा सीमित भएको छ । यस साता धितोपत्र बजारमा दुई सय ३२ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख २३ हजार नौ सय २९ पटकको कारोबारमा एक करोड ७१ लाख ९९ हजार आठ सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब ५९ करोड ९३ लाख ६० हजार ७५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताकै बराबरको हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख ३४ हजार नौ सय ३० पटकको कारोबारमा दुई करोड पाँच लाख ९५ हजार एक सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम छ अर्ब ५९ करोड ३३ लाख ६३ हजार एक सय २६ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबारकक्ष पाँच कार्यदिन नै खुलेको थियो । जसमध्ये चौथो कार्यदिन सेयर बजार परिसूचक उकालो लागेको थियो बाँकी दिनहरूमा लगातार ओरालो लागेको थियो ।
पहिलो कारोबार दिन बजार परिसूचक १५ दशमलव ८२ अंकले ओरालो लागेर दुई हजार ३२ दशमलव ३४ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २७ अंंकले ओरालो लागेर तीन सय ८९ दशमलव ९८ विन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन पनि बजार परिसूचक ३६ दशमलव आठ अंकले ओरालो लागेर १९ सय ९६ दशमलव २५ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४८ अंंकले ओरालो लागेर तीन सय ८३ दशमलव ५१ विन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन पनि बजार परिसूचक पुन २९ दशमलव ८९ अंकले ओरालो लागेर १९ सय ६६ दशमलव ३७ विन्दुमा झरेकोमा सेन्सिटिभ पनि चार दशमलव छ अंंकले ओरालो लागेर तीन सय ७८ दशमलव ९० विन्दुमा झरेको थियो ।
चौथो कारोबार दिन भने बजार परिसूचक १२ दशमलव ५७ अंकले उकालो लागेर एक हजार नौ सय ७८ दशमलव ९४ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९३ अंंकले उकालो लागेर तीन सय ८१ दशमलव ८३ विन्दुमा चढेको थियो । पाँचौ कारोबार दिन भने बजार परिसूचक पुनः सात दशमलव ५६ अंकले ओरालो लागेर एक हजार नौ सय ७१ दशमलव ३८ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६९ अंंकले ओरालो लागेर तीन सय ८१ दशमलव १४ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।