काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असार २० गते काठमाडौंस्थित अनमोल बैंकेट शंखमुलमा विशेष साधारणसभा गर्न लागेको हो । सभामार्फत कम्पनीले पुँजी वृद्धिलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।