काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ४९ दशमलव ३१ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार ३७ दशमलव ४९ अंकले उकालो लागेर १९ सय २२ दशमलव ३० बिन्दुमा चढेको छ । क बर्गका कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव १८ अंकले बढेर तीन सय ७४ दशमलव ३७ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय ३१ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन । जसबाट २४ हजार नौं सय ८३ पटकको ३७ लाख १२ हजार सात सय ४६ पटकको कारोबारमा एक अर्ब २३ करोड ८५ लाख १८ हजार दुई सय एक रुपैंयाँको सेयर किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेका छन् ।