काठमाडौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिकोे मंगलबार बसेको पछिल्लो बैठकले शाक्यलाई कामु प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । यसअघि बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल केशरी शाह रहेका थिए । उनको कार्यकाल यही असार छ गते मंगलबारदेखि नै सकिएपछि बैंकले शाक्यलाई कामु प्रमुख कार्यकारीको जिम्मेवारी दिएको हो ।