काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूर्णहरूलाई सहज बैंकिङ प्रदान गर्ने उद्देश्यले बैंकका गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयहरूले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको दुई निक्षेप योजनाहरूको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाहरूको जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।
बैंकले आकर्षक विशेषताहरूसहित चार गुणासम्मको प्रतिफल भएको बीओके सुपर मुद्दती खाता सार्वजनिक गरेको थियो । उक्त चार गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९० प्रतिशतसम्म ऋणको सुविधासहित दुई लाखसम्मको क्रेडिट कार्ड सुविधा रहेको छ ।
साथै, बीओके प्रिमियम प्लस बचत खातामा उच्चतम ब्याजदर आठ दशमलव शून्य तीन प्रतिशतको वार्षिक ब्याजदरसहित थुप्रै निःशुल्क सेवाहरू समावेश गरी ग्राहकहरूको फाइदालाई ध्यानमा राखी सार्वजनिक गरेको हो । बैंकको गण्डकी प्रदेशअन्तर्गतका बाग्लुङ, बेनी, दमौली, खैरेनीटार, पोखरा, सुदरबजार, पावरहाउस, बगर तथा वालिङलगायत शाखा कार्यालयहरूले आफ्नो नजिकको स्थानहरूमा घरदैलो कार्यक्रम गरी बैंकको नयाँ योजनाहरूको बारेमा जानकारी दिएका हुन् । बैंकले हाल एक सय तीनवटा शाखा कार्यालयहरू, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।