काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरूको हितलाई ध्यानमा राखेर सेञ्चुरी बैंकको ‘सेञ्चुरी हाईब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो खातामा ग्राहकहरूले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन् ।
सेञ्चुरी बैंकको सेञ्चुरी हाइब्रिड बचत खाता न्यूनतम एक लाख रुपैयाँमा नै खोल्न सकिने बैंकले जानकारी दिएको छ । यो खातामा बैंकले ग्राहकहरूलाई भिषा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो सेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ । यस खातामा विभिन्न सेवाहरू विना कुनै सर्त खाता सञ्चालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । यो खाता बैंकका सम्पूर्ण शाखाहरूबाट खोल्न सकिनेछ ।
आधुनिक बैंकिङ प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना एक सय ४५ वटा शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र एक सय १५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।