काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर सम्झौता भएको छ । सम्झौतामा सूर्या लाइफको तर्फबाट अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका हुन् । मर्जरको लागि सम्झौंता गरेपनि सेयर मिलान अनुपात (स्वाप रेसियो) तय नगरेको कम्पनीले जानकारी दिएको छ ।
मर्जरसम्बन्धी सैद्धान्तिक सहमतिमा बीमा समितिबाट स्वीकृति पाएसँगै सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) तयार गर्ने कम्पनीको भनाइ छ । सोपश्चात् मात्र कम्पनीले मर्जरको लागि स्वाप रेसियो निर्धारण गर्ने जानकारी दिएको छ ।