काठमाडौं, फागुन ९ होटल याक एण्ड यतीमा गिल्ट इन्भेष्टमेन्ट प्रालिले चलाउँदै आएको रोयल क्यासिनोले सरकारलाई तिर्नुपर्ने ३८ करोडभन्दा बढी राजस्व समेत नतिरी सञ्चालन गर्दै आएको पाइएपछि त्यसलाई सञ्चालनमा रोक लगाउन प्रहरीले बिहीबार दिउँसो हस्तक्षेप गरेको छ । गिल्ट इन्भेष्टमेन्टले क्यासिनो सञ्चालन गर्नका लागि सरकारसँग लिएको अवधिको अनुमति सकिएको र नयाँ अनुमति लिएको नपाइएको छ । उक्त क्यासिनोकी सञ्चालिका जयन्ती थापा सम्पत्ति शुद्धीकरणको मुद्दा पनि खेपिरहेकी छिन् ।