काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउनका लागि ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर आइतबार उद्घाटन गरेको छ ।
ललितपुर वडा नं. १६ का अध्यक्ष निर्मल रत्न शाक्य, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष मनोज बहादुर न्याछोन र एभरेष्ट बैंकका सञ्चालक श्रीमती उर्मिला श्रेष्ठले संयुक्तरूपमा मंगलबजार एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा स्थानीय व्यावसायी अजर मान जोशी, एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री विजय कुमार गौतम, बंैकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायतकोे उपस्थिति रहेको थियो ।
स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय १६ वटा शाखा सञ्जाल, प्रादेशिक कार्यालय, एक सय ५० वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।