काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ५७ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार नौं दशमलव ७५ अंकले ओरालो लागेर दुई हजार ७६ दशमलव ६७ बिन्दुमा खुम्चिएको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८९ अंकले ओरालो लागेर तीन सय ९५ दशमलव ९४ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट कुल ७५ हजार सात सय ९० पटकको कारोबारमा एक करोड नौं लाख ८१ हजार पाँच सय ९१ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार पाँच सय ९३ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये चार वटा उपसमुहरुको सुचक उकालो लागेका छन भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।