काठमाडौं । देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरूबाट मागदाबी भएअनुसार शिवम् सिमेन्ट्स लिमिटेडले पाँच लाखबराबरको मृत्युबीमासहित दुर्घटना जोखिम बीमाबापतको रकमहरू हस्तान्तरण गरेको छ । यसअघि दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरूको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरूमा रहेका तीन हजारभन्दा बढी निर्माणकर्मीहरूको पाँच लाख रूपैयाँबराबरको जोखिम बीमासहित निर्माणसम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो ।
सोही कार्यक्रममा सहभागी निर्माणकर्मीमध्येबाट पर्न आएको दुर्घटना बीमा मागदाबीबापतको रकम बीमा कम्पनीसँग समन्वय गरी निर्माणकर्मीहरूको घर–घरमा नै गएर शिवम् सिमेन्टका कम्पनी प्रतिनिधिहरूले हस्तान्तरण गरेका हो । दैनिक निर्माणकार्यमा खटिने निर्माणकर्मीहरू हरेक दिन जोखिमपूर्ण कार्यहरू गर्दै आइरहेका हुन्छन् । उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।
देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरूको लागि पाँच लाखबराबरको जोखिम बहन गर्नेगरी बीमा गरेको थियो । शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो बिक्रीक्षेत्रअन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुंगा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गोरखा, तनहुँ, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुरलगायतका जिल्लाहरूका निर्माणकर्मीहरूको पाँच लाख रुपैयाँबराबरको जोखिम बीमा गराएको छ ।