काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा रक्तदान जीवनदान भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ जना दाता व्यक्तिहरूले रक्तदान गरेका छन् । सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ९, गोंगबुस्थित हिमालयन वृद्धाआश्रममा आश्रित ४३ जना वृद्ध तथा वृद्धाहरूको लागि खाद्यान्न सहयोग कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयुक्तरूपमा वृद्धाआश्रमकी अध्यक्ष श्रीमती सरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गरेका छन् । सो कार्यक्रममा अतिथि उपप्रमुख मुरारी तामाङ र अतिथि वडा नंं ९ का वडाअध्यक्ष रामभक्त घिमिरे, आश्रमका अन्य सञ्चालक तथा अजोड इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
विसं २०७५ असार २१ गतेदेखि आफ्नो व्यावसायिक कारोबार सुरु गरी हालसम्म कम्पनीले बीमा व्यवसाय अभिवृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालयलगायत सातवटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालयहरू, ११ बीमा काउन्टर र तीनवटा तेस्रो पक्ष बीमा काउन्टरहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीमा तीन सय २३ जना कर्मचारी कार्यरत रहेका छन् भने आधारभूत निर्जीवन बीमा अभिकर्ता चार सय ५९ जना, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तीन सय १७ जना कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ता ३९ जना र एक सय २२ जना बीमा सर्भेयरहरू सूचीकृत रहेका छन् ।
त्यसैगरी कम्पनीले आव २०७८/७९ को असार २० सम्ममा एक लाख २२ हजार नौ सय ६५ बीमालेख जारी गरी कुल बीमाशुल्क एक अर्ब ५६ करोड आर्जन गरेको साथै कुल दाबी भुक्तानी संख्या पाँच हजार २६ मार्फत कुल दाबी भुक्तानी रकम ७१ करोड ५८ लाख भुक्तनी गरिसकेको छ । कम्पनीको चुक्ता पुँजी एक अर्ब भएको जगेडा तथा कोषमा १३ करोड ९५ लाख र बीमाकोषमा १५ करोड ९२ लाख सञ्चित गरी सम्पूर्ण बीमितहरूको विश्वास जित्न सफल भएको छ ।