काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको बीमाकर्मी दाकिपा शेर्पाले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानर विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका छन् । दाकिपा शेर्पा पेसाले क्लाइम्बिङ गाइड हुन् ।
उनको स्थायी ठेगाना सोलुखुम्बु जिल्ला, महाकुलुङ गाउँपालिका, वडा नम्बर ०१ हो । उनी क्लाइम्बिङ सिजनमा ट्रेकिङ गाइडको रूपमा काम गर्छन् र अफसिजनमा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आबद्ध भई काम गर्छन् । विशेषगरी कोरोना महामारीको समयमा उनी रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडसँग जोडिन पुगेका थिए । उनले यही मिति २०७९ साल वैशाख २९ गते बिहान २ बजेर २९ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमी रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर फहराएका थिए ।
सगरमाथा आरोही दाकिपा शेर्पालाई रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आज एक कार्यक्रम आयोजना आयोजना गरी कम्पनीको केन्द्रीय कार्यालयमा उहाँको साहसको प्रशंसा गर्दै सम्मान गरेको छ । उनलाई कम्पनीका अध्यक्ष श्री ताराचन्द केडियाले खादा र कदरपत्रले स्वागत एवं सम्मान गर्दै भने, ‘तपाईँजस्तो युवाले आज देशको नाम विश्वको कुना–कुनामा सगरमाथासँगै अगाडि बढाएकोमा रिलायन्स लाइफ इन्स्योरेन्स परिवार हृदयदेखि नै सम्मान गर्दै तपाईँको यो साहस र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानरलाई सर्वोच्च शिखरमा राख्न सफल भएकामा हामी अत्यन्तै आभारी छौँ । आगामी दिनमा तपाईँले अगाडि बढ्ने बाटोमा रिलायन्स लाइफ इन्स्योरेन्स सदैव साथ रहनेछ ।’ दाकिपा शेर्पा रिलायन्स लाइफ इन्स्योरेन्सका एक सफल बीमाकर्मी हुन् ।
‘मलाई विश्वको अग्लो शिखर सगरमाथामा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानर फहराउन पाउँदा असाध्यै खुशी लागेको छ । त्यो क्षणमा मैले सबै थकाइ बिर्सेछु । अन्तिममा रिलायन्स लाइफ इन्स्योरेन्स परिवार र हाम्रो बालुवाखानीका शाखाप्रमुख गोपाल बस्नेत सरलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु’, आरोही दाकिपा शेर्पाले भने । यस सम्मान कार्यक्रममा कम्पनीका सम्पूर्ण कर्मचारीहरू, सञ्चालक समितिका सदस्यहरू एवं मिडियाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सोही अवसरमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी व्यवस्थापनको तर्फबाट हृदयदेखि नै धन्यवाद दिँदै ‘५० लाखबराबरको रिलायन्स म्यादी जीवन बीमा पोलिसीद्वारा उहाँलाई सम्मान गर्न पाउँदा रिलायन्स लाइफ इन्स्योरेन्स गर्व गर्दछ’, कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले भनेका छन् ।