काठमाडौं । डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस एनआईसी एसिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ एप, आइसर्भ, वेबसाइट र इन्टरनेट नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत यस बैंकका ग्राहकहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी एनआईसी एसिया मोबाइल बैंक एप आइसर्भ वेबसाइट तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सकिनेछ । साथै बैंकले यसअघि एनसेलको नेटवर्कमा पनि एनआईसी एसिया बैंक एप, आइसर्भ वेबसाइट तथा इन्टरनेट बैंकिङजस्ता सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ । अब एनटीसी र एनसेलको निःशुल्क डाटा सुविधाको प्रयोग गरी बैंकका ग्राहकहरूले निम्नलिखित सेवाहरू उपभोग गर्न सकिनेछ ।
एनआईसी एसिया मोबाइल बैंक एप : अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटीएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानी, ईकमर्स एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाइ तथा प्रोग्रेस ट्रयाकिङ आदिजस्ता थुप्रै सुविधाहरू सहजरूपले निःशुल्क लिन सक्नेछन् । साथै, एनआईसी एसिया मोबाइल बैंक एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक सेयर (आईपीओ) मा आवेदन दिन सकिनेछ । एनआईसी एसिया मो. बैंक एप प्रयोगकर्ताले कार्डविनै एटीएमबाट नगद रकम झिक्न सकिने सुविधाको प्रयोग गर्न सक्नुहुनेछ र एपमा रहेको कस्टुमर केयरबाट बाट ग्राहकहरूले आफ्ना समस्या यथाशीघ्र समाधान तथा जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नेछन् ।
आईसर्भ : आईसर्भ एनआईसी एसिया डट कममार्फत मोबाइल बैंकिङ सेवाहरू (नयाँ आवेदन, ब्लक, अनब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहकसम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो सेयर तथा सीआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट, टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट) र कार्डसम्बन्धी सेवाहरू (ई–कमर्स दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेसमकेन्ट आवेदन र इन्स्टाबाई ग्राहकहरूले सरल तरिकाले लिन सक्नेछन् ।
वेबसाइट : बैंकको वेबसाइट डब्लूडब्लूडब्लू एनआईसी एसिया बैंकबाट ग्राहक महानुभावहरूले यस बैंकबारे अधिकतम जानकारीहरू लिन सक्नेछन् । जसमा अनलाइन खाता आवेदन, अनलाइन आईपीओ आवेदन, लोन बेनिफिट क्याल्कुलेटर, ईएमाई क्याल्कुलेटरलगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजनाहरू, सूचनालगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिनेछ ।
इन्टरनेट बैंकिङ : यसमार्फत अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानीलगायतका सुविधाहरू उपभोग गर्न सकिनेछ ।
बृहत् भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरूमार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङको नाता स्थापित गर्न सफल यस बैंकले ग्राहक महानुभावहरूको सुविधा एवं डिजिटल बैंकिङमा ग्राहकहरूलाई अभ्यस्त पार्ने उद्देश्यअनुरूप ल्याएको यस निःशुल्क एनआईसी एसिया मो बैंक, आईसर्भ, वेबसाइट तथा इन्टरनेट बैंकिङ प्रयोग सुविधा एनटीसी र एनसेलका ग्राहकहरूलाई उपलब्ध हुनेछ । साथै, यी उल्लिखितबाहेकका अन्य सेवाहरू लिदा वा डिभाइसको ब्याकग्राउन्डमा चल्न सक्ने अन्य एपहरूको हकमा दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियमानुसार शुल्क लाग्नेछ ।
बैंकले ल्याएको यस नवीन सुविधाले धेरैभन्दा धेरै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङको प्रवर्द्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिकरूपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई आईसर्भमार्फत अघि बढाइरहेको छ । साथै, बैंकले भौतिकरूपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटलरूपमा उपभोग गर्न मिल्ने हिसाबले आईसर्भ प्लाटफर्मको विकास गरी एनआईसी एसिया मोबाइल बैंक एप तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाइनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५९ शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, एक सय दुईवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुनपुगेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १६ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।