काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १३ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको पाँचौंं कारोबार दिन आज बिहिबार भने १६ दशमलव छ अंकले ओरालो लागेर दुई हजार २७ दशमलव ३२ बिन्दुमा झरेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४२ अंकले घटेर तीन सय ८५ दशमलव ४९ अंकमा झरेको छ । दुई सय २९ वटा कम्पनीहरुको ३१ हजार दुई सय छ पटक सेयर किनबेच भएको छ । जसबाट ४७ लाख ११ हजार २३ कित्ता सेयर खरिद बिक्री हुंदा आज कारोबार रकम एक अर्ब ८० करोड ६२ लाख चार हजार सात सय ६५ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिकटेड (नेप्से) मा आज कारोबार भएका कुल उपममुहहरु मध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दशमलव शुन्य नौं अंकले बढेर लागेर बाँकी उपसमुहहको सुचक ओरालो लागेका छन् ।