काठमाडौं । जीडब्लुएम नेपालले आफ्नो विश्वस्तरीय जीडब्लुएम बिक्रीपछिका सुविधासहितको सेवा चाकुपाट ललितपुरमा सञ्चालन गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार बिक्रीपछिको यो नयाँ सुविधा जीडब्लुएमको विश्वस्तरीय सुविधाहरु मापदण्डसहित निर्माण गरिएको हो ।
यस सर्भिस सेन्टरले १५ हजार बढी वर्ग फिट क्षेत्र ओगटेको छ । यसमा प्रतिमहिना छ सयभन्दा बढी सवारीसाधनहरुको द्रुत सेवा प्रदान गर्ने क्षमताको साथ छ कक्षहरु रहेका छन् । जीडब्लुएमका ग्राहकहरुलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नको लागि यो सुविधा हाइटेक उपकरण र राम्रो प्रशिक्षित प्राविधिकहरुले सुसज्जित रहेको कम्पनीको दाबी छ । यहाँ सुवधायुक्त एक बलियो असली मौज्दात कायम गरी स्पेयर पाट्र्सको सुपथ मूल्यमा उपलब्ध गराइएको छ ।
जीडब्लुएम नेपालका उपाध्यक्ष रुपेश शर्मा भट्टले यस सर्भिस सेन्टरबाट प्रशिक्षित प्राविधिकहरुले अत्याधुनिक सुविधाहरुसहित सेवा प्रदान गर्ने बताए । यस्तै जीडब्लुएम सर्भिसका उपमहाप्रबन्धक अजित पटेलले कम्पनीले नवीनतम डायग्नोस्टिक उपकरण असली पाट्र्सहरु प्रयोग गर्ने बताए । यस सर्भिस सेन्टरमा तालिका निर्धारित अन्तराल सेवाहरु, द्रुत सेवाहरु र विदा भ्रमणहरुमा बाहिर जानुअघि विशेष जाँचहरु रहेका छन् ।